Celebsathi

कलाकारिता तथा मोडलिङमा भबिष्य कोर्दै- नब मोडल सिमा मगर(फोटो फिचर)

2021 Jan 23

कलाकारिता तथा मोडलिङमा भबिष्य कोर्दै- नब मोडल सिमा मगर(फोटो फिचर)

काठमाडौं । कलाकारिता तथा मोडलिङ क्षेत्रमा नै भबिष्य सम्झेर एक कुशल नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् सिमा मगर । मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोहले गर्दा मोडलिङ संसार, रंगीन संसार अर्थात् सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ भने नाम कमाउने अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल सिमा मगर लागेकी छन् । उदयपुर जन्मथलो भएर काठमाडौंलाई कर्मथलो बनाउँदै मोडलिङमा निरन्तरता दिदै आएकी सिमा अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेकी छन् । त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छन् । नृत्य र अभिनयमा अब्बल सिमा सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण हो ।

मिस हेरिटेज क्वीनको सेकेण्ड रनरअप समेत बनिसकेकी मोडल सिमा सेलेबसाथी डट कम संग आबद्ध रहेर देश विदेशमा आफ्नो कला निखार्न चाहन्छिन। भर्खरै मात्र सेलेबसाथी डट कमको लागि फोटोसुट गरेकी सिमा हेर्दा निकै बोल्ड देखिन्छिन। सेलेबसाथी डट कम संग सहकार्य गर्न पाएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनहरुमा अझ प्रभावकारी भूमिका निर्बाह गर्ने सोच रहेको उनि बताउछिन।

उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । सिमा मगर हेर्दा आकर्षक छन् । मोडल सिमा भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

प्रतिक्रिया