Celebsathi

कार्यक्रम व्यवस्थापन संघको बरिष्ठ उपाध्यक्षमा शान्ता तामाङ निर्बाचित

2021 Oct 03

कार्यक्रम व्यवस्थापन संघको बरिष्ठ उपाध्यक्षमा शान्ता तामाङ निर्बाचित

काठमाडौँ – कार्यक्रम व्यवस्थापन संघको बरिष्ठ उपाध्यक्षमा शान्ता तामाङ निर्बाचित भएकी छिन। कार्यक्रम व्यवस्थापन संघको प्रथम बार्षिक साधारण सभा एस के इन्टरटेनमेन्ट प्रालिकि अधक्ष्य तथा इभेन्ट अर्गनाइजर, मोडल नायिका तथा समाजसेवी शान्ता तामाङ बरिष्ठ उपाध्यक्षमा शान्ता तामाङ निर्बाचित भएकी हुन्। मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनरअप शान्ता तामाङ एक सफल इभेन्ट अर्गनाइजर हुन्। उनले मिसेस तामाङ, मिस एण्ड मिसेस गुरुङ र मिस एण्ड मिसेस इण्डिजिनियसको आयोजना गरेर सफल अर्गनाइजरको रुपमा परिचय बनाउन सफल भएकी छिन।

धादिङमा जन्मेकी सुन्दरी शान्ता कुमारी तामाङ अहिले बालुवाटारमा आफ्नो परिवार संग बसोबास गर्दै आएकी छिन। ब्यबसाय संगै विभिन्न सामाजिक कार्यमा ब्यस्त भइरहने शान्ता सधै हासेर बोल्न रुचाउछिन। फुर्सदको समयमा साथीहरु संग रमाउन चाहने शान्ता गरिब दिन दुखि असाहय अनाथ अपाङ्हरुको दुख देख्न सक्दिनन सानै देखि समाजसेवा गर्दै आएकी शान्ताले सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी छिन। भबिष्यमा पनि आफ्नो बाकि जिबन समाजसेवामा नै समर्पित गर्ने योजाना बनाएकी शान्ता आफुलाइ एक सामाजिक अभियन्ताको रुपमा आफुलाइ प्रस्तुत गर्न चाहन्छिन। नेपाली कांग्रेसको महासमिति सदस्य शान्ता कुमारी तामाङ नेपाली कांग्रेसको युवा नेत्रीको रुपमा राजनीति यात्रा समेत अगाडि बढिरहेकी छिन।

प्रतिक्रिया