Celebsathi

प्रोत्साहनाजको ब्युटि पार्लरको आयोजनामा एक दिने सेमिनार सम्पन्न

2022 Jan 14

प्रोत्साहनाजको ब्युटि पार्लरको आयोजनामा एक दिने सेमिनार सम्पन्न
[the_ad_placement id="manual-placement"]

ललितपुर । प्रोत्साहनाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरले एक दिने एडभान्स ब्युटि सेमिनार सम्पन्न गरेको छ । सहारा व्युटी होम तथा न्यु लुक्सको सहकार्यमा भएको सेमिनारमा करिब ३०० जना व्युटिसियनहरुले व्युटी सम्बन्धि ज्ञान लिएका थिए ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सेमिनारमा हेयर कलरिङ, हेयर केराटिन ट्रिट्मेन्ट, डि पिग्मेन्टेसन एन्ड स्किन लाईटिङ फेसियल, नेल एक्टेन्सन, कुमारी मेकअप जस्ता विभिन्न कला सिकाइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यालले सेमिनारमा हाँसिल गरेको सिपले महिलाहरुलाई ब्युटी पेशामा अझ आत्म निर्भर बनाउने बताइन् । ब्युटिसियनहरुले आफू पनि राम्री भएर अरुलाई राम्रो बनाउने भएकाले राम्रोसँग सिप सिकेमा त्यसले थप आय आर्जनमा सहयोग पुग्ने उनले बताइन् ।

रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् वरिष्ठ व्युटिसियन सोनी कारञ्जित र बरिष्ठ ब्युटिसियन लक्ष्मी महतले सेमिनारले ब्युटिसियनहरुलाई नयाँ नयाँ प्रविधिमा अझ परिवपक्क बनाउने बताए ।
न्यु लुक्सकी सृजना थापाले हेयर हाइलाईट, मेकअप आर्टिस्ट हिना थापाले कुमारी मेकअप तथा प्रोत्साहना राना मगरले जेल एक्टेन्सनसहितको नेल आर्ट सम्बन्धि प्रशिक्षण दिएका थिए ।

एक दिने सेमिनारले धेरै नवप्रवेशी ब्युटिसियनहरुलाई प्रोत्साहन गरेको र उनीहरुका लागि निकै उपयोगीमुलक भएको प्रतिक्रिया आफुले पाएको सेमिनार आयोजक तथा प्रोत्साहनाज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् ब्युटिसियन रेनु शाक्य रानाले बताइन् ।

प्रतिक्रिया