Celebsathi

ब्युटिसिन ट्यालेन्ट चितवन सिजन २ को पहिलो अडिसन सम्पन्न

2022 Apr 24

ब्युटिसिन ट्यालेन्ट चितवन सिजन २ को पहिलो अडिसन सम्पन्न
[the_ad_placement id="manual-placement"]

चितवन । भरतपुरमा सञ्चालन भईरहेको ब्युटिसियन ट्यालेन्ट सिजन २ को पहिलो अडिसन सम्पन्न भएको छ । डान्स प्लानेटको पुलचोक कार्यालयमा भएको पहिलो चरणको अडिसनमा १५ जना प्रतियोगी सहभागी भएका थिए । सहभागी मध्येबाट ९ जना दोस्रो चरणका लागि छनोट भएको कार्यक्रम संयोजक एवम् कृयटिभ ईन्साईड मिडियाकी सरिता आचार्यले जानकारी दिईन ।

अडिसनको जजहरुमा चितवन ब्युटीपार्लर युनिटीकी सचिव सावित्री रेग्मी, ब्युटिसियन रितु परियार र ब्युटिसियन ट्यालेन्ट चितवन सिजन १ की विजेता रेशम श्रेष्ठ कुँवर, जेसिस नवलपुर गैंडाकोटका अध्यक्ष शंकर अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा इभेन्ट म्यानेजर तथा डान्स कोरियोग्राफर अनिषा पौडेल, मोडल तथा कोरियोग्राफर अस्मिता नेपाली, व्यवसायी विनिमा तिम्लिसना पुरीको प्रशिक्षण दिईरहनु भएको छ ।
अडिसनको दोस्रो राउण्ड एक हप्तापछि शुरु हुने बताईएको छ ।

प्रशिक्षणको क्रममा बिज्ञहरुबाट प्रतियोगीहरुले ब्युटीसियन सम्बन्धी सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डेभ्लोप्मेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङ जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।

ब्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि देश विदेशबाट अनुभव प्राप्त, सिटिइभिटीबाट मान्यता प्राप्त र ब्युटिसियन ब्यबसायमा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराइने सो प्रतियोगितामा विभिन्न तालिमहरु संचालन गराइने जानकारी दिएको छ । विभिन्न विधामा प्रतिस्पर्धीलाइ प्रतिष्पर्धा गराइने बताउदै आयोजक संस्थाले विजेतालाई नगद पुरस्कार सहित आकर्षक उपहार दिइने छ ।

प्रतिक्रिया