Celebsathi

भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, रबि रिमाल र एलिना चौहान लगायतको प्रस्तुति हुने

2022 Apr 11

भक्तपुर मेलामा चैत्र २९ गते गायक रोज मोक्तान, रबि रिमाल र एलिना चौहान लगायतको प्रस्तुति हुने
[the_ad_placement id="manual-placement"]

काठमाडौँ : छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को छैठौ दिन अर्थात चैत्र २९ गते मंगलबार चर्चित गायक रोज मोक्तान, गायक रबि रिमाल, चर्चित गायिका एलिना चौहान, गायक सुमन श्रेष्ठ गायक अशिम कटुवाल, गायक शेखर वाग्ले गायिका राशि रिजाल जादुगर गणेश केसी र आयुष,आश्रय रिमालका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । त्यसको साथै डान्स कम्प्टिसन समेत भईरहेको छ । “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा छैंठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ चैत २४ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भईरहेको जानकारी महोत्सबका संयोजक दिपक थापाले गराए l

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा छैठौ पटक “छैठौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९” आयोजना भईरहेको छ।

अन्तराष्ट्रिय स्टल सहित उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र राष्ट्र ब्यापी भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ l मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ६० र ४० मात्र रहेको जानकारी संयोजक थापाले गराएका छन् ।

छैठौ औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए । यस संस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द र कार्यालय सचिब जिबन नेपाल र बिमल सुर्खेती रहेका छन ।महोत्सबको संचालन लोकप्रिय उद्घोषक अनित बिष्टले गर्ने भएका छन्।

प्रतिक्रिया