Celebsathi

शुभकामना हल पुनः सञ्चालनमा

2021 Feb 01

शुभकामना हल पुनः सञ्चालनमा

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समय बन्द रहेका सिननेमा घर माघ १ गतेदेखि पुनः सञ्चालनमा आएका छन् । देशभर बन्द रहेको सिनेमा घरहरू सञ्चालनमा आएसँगै काभ्रे जिल्लाको बनेपा नगरपालिका–७ गोदामचोकमा रहेको जिल्लाको पुरानो हल शुभकामना हलले आफ्नो स्वरूप नै परिवर्तन गरी नयाँ तरिकाले सञ्चालनमा ल्याएको छ ।

हलका सञ्चालक दुर्गालाल प्रधानले लामो समय बन्द रहेको हल नयाँ साजसज्जाका साथ सञ्चालनमा ल्याइएको बताउनुभयो । प्रधानले भन्नुभयो, ‘अब अत्याधुनिक प्रविधिको प्रयोगसँगै पूर्णरूपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल सञ्चालन गरिएको छ ।’ नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै माक्स, सेनिटाइजर, सामाजिक दूरी कायम गरी शुभकामना हल सञ्चालन भएको हो ।

प्रतिक्रिया