Celebsathi

पाँच दिनदेखि युट्युब ट्रेनिङ १ मै ए मेरो हजुर ३

2020 Nov 13

पाँच दिनदेखि युट्युब ट्रेनिङ १ मै ए मेरो हजुर ३

काठमाडौं । पाँच दिनअघि युट्युबमा सार्वजनिक भएको नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ले युट्युब ट्रेनिङको पहिलो स्थान अझै छाडेको छैन । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक यस चलचित्र पाँच दिनदेखि युट्युबको शीर्ष स्थानमै छ ।

पाँच दिनसम्ममा चलचित्र युट्युबमा ६० लाख पटक हेरिएको छ । करिब डेढ वर्षअगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गर्नुभएको हो । सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतलगायत कलाकारको मुख्य भूमिका छ । हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिनु भएको छ ।

प्रतिक्रिया