Celebsathi

गायिका अञ्जु पन्तले बिहे गर्दै ।

2021 Feb 03

गायिका अञ्जु पन्तले बिहे गर्दै ।

काठमाडौं := गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो। ‘दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ।’ दुवैको परि वारमा बिहेको कुराकानी भइरहे पनि मिति भने तय भएको छैन ।

अञ्जु पन्तले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन् । आज भन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो । त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।

काठमाडौं अघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन् । पत्रपत्रिकामा लेख समेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्थामा सञ्चालन गर्छन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समय देखि मिडियामा आमाले बिहे गर्नु पर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन्। एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् ।

प्रतिक्रिया