Celebsathi

ओटीटीमा रिलिज हुँदै ‘लक्ष्मी’, हलमा आउँदै ‘सुरज पे मंगल भारी’

2020 Nov 10

ओटीटीमा रिलिज हुँदै ‘लक्ष्मी’, हलमा आउँदै ‘सुरज पे मंगल भारी’

आज अक्षय कुमार स्टारर प्रतिक्षित सिनेमा ‘लक्ष्मी’ ओटीटी प्लेटफर्म ‘डिज्नी प्लस हटस्टार’बाट सार्वजनिक हुँदैछ । यसको प्रिमियर समय बेलुका ७.०५ बजेलाई तोकिएको छ ।

राघव लोरेन्स निर्देशित हरर कमेडी सिनेमाले रिलिज अगाडी राम्रो हाइप बनाएको थियो । तामिल सिनेमा ‘कन्चना’को रिमेक भएकाले ट्रेलर रिलिज हुँदा दर्शकको नकारात्मक प्रतिक्रिया पाएपनि पछिल्लो गीत ‘बम भोले’ले सिनेमालाई सकारात्मक बनाएको छ ।

‘लक्ष्मी’मा अक्षय पहिलो पटक महिला अवतारमा देखा परेका छन् । उनको अवतारले दर्शकमा कौतुहलता पैदा गरेको छ । त्यसैले अक्षयको पहिलो डिजिटल डेब्यु सुखद हुने अनुमान गरिएको छ ।

सिनेमामा अक्षयसँगै कियरा आडवाणी, आएषा राजा मिश्रा, तुसार कपूर, तरुण अरोरालगायतका कलाकारहरुको अभिनय छ ।

हलमा रिलिज हुँदै ‘सुरज पे मंगल भारी’

कोरोना महामारीका कारण भारतमा बन्द रहेका सिनेमा हलहरु ६ महिनापछि खुलिसकेका छन् । तर, दर्शकको खडेरीका कारण बलिउडकर्मीहरु फ्रेस सिनेमा रिलिजको लागि डराइरहेका छन् ।

यस्तैमा सिनेमा ‘सुरज पे मंगल भारी’ले हल छिर्ने निधो गरेको छ । मनोज बाजपाई, दिलजित दोसान्झ र फातिमा सना शेख स्टारर सिनेमा नोभेम्बर १५ तारिखदेखि हलमा प्रदर्शन हुनेछ ।

महामारी कालमा हलमा रिलिज हुने यो नै पहिलो फ्रेस बलिउड सिनेमा बन्नेछ । जी स्टुडियोले निर्माण गरेको यो सिनेमालाई अभिषेक शर्माले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया