Celebsathi

‘आफूमा क्षमता हुनुपर्छ’

2020 Nov 30

‘आफूमा क्षमता हुनुपर्छ’

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सक्रिय अभिनेत्री हुनुहुन्छ आशा भुसाल । चलचित्र ‘दुस्मनी’ बाट डेब्यु गर्नु भएकी आशाले अन्य थुप्रै चलचित्र, म्युजिक भिडियो र नाटकमा काम गर्नु भएको छ । सानैदेखिको कला क्षेत्रको मोहले यो क्षेत्रमा आएको बताउने आशा सबै प्रकारका भूमिका मन पर्ने र त्यसमा आफूले न्याय गर्न सक्ने खुवी रहेको दाबी गर्नुहुन्छ । नेपाली चलचित्र क्षेत्रमा रहेर आफ्नो अभिनयमार्फत दर्शकको मन जित्न सफल नायिका आशासँग हिमालयका टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नु भएको कुराकानीको संक्षिप्त अंशः–
नेपाली कला क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि नृत्य भनेपछि भुत्ककै हुन्थे । मेरो सानैदेखिको इच्छा कलाक्षेत्र नै थियो । मेरो मन मस्तिष्कमा कलाबाहेक अरू केही थिएन र छैन । यस क्षेत्रमा आउन मैले यससम्बन्धी केही अध्ययन गरे अनि आए । नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्लामर क्षेत्रमा प्रवेश गरे । सिन्धुलीमा जन्मिए पनि बुबाको व्यवसायका कारण काठमाडौंमै आफ्नो अध्ययनलाई अघि बढाए । मैले वीरेन्द्र हमालसँग अभिनय र निशा शाहसँग नृत्य सिकेर यो क्षेत्रमा आफूलाई होमेकी हुँ ।
कस्तो रहेछ रंगीन दुनियाँ ?
यो ग्ल्यामर क्षेत्र हो । यहाँ भएका ससाना कुराले पनि चर्चा पाउने गर्छन् । बाहिर चर्चा भएजस्तो भित्र त्यस्तो नभएको हुनसक्छ । अर्थात् जे कुरा बाहिर आउँछ त्यो सबै नभएको हुनसक्छ । यो क्षेत्रमा अलिक बढी चर्चा चाहिँ हुनेगर्छ । तपाइँमा रहर इच्छा भयो भने यो क्षेत्रमा आउन सक्नुहुन्छ तर, टिक्न भने गाह्रो छ । यो क्षेत्रमा रहिरन अभिनयको प्रशिक्षण, प्रविधिको गहिराइ र अन्तर सम्बन्धको विकास हुनुपर्दछ । सबैभन्दा महŒवपूर्ण कुरा त आफूमा धैर्यता, लगनशीलता र इमानदारीता हुनु जरुरी छ । त्यस्तै आफूमा अभिनय क्षमता हुनप¥यो ।
स्टेज कार्यक्रम तथा नाटकमा समेत प्रस्तुत हुनुहुन्छ ?
हो मैले विभिन्न स्टेज प्रोग्रामा आफूलाई प्रस्तुत गरेकी छु । नाटकमा समेत त्यतिकै रुचि राखेर अभिनय गरे ।
तपाइँ जस्तो बोल्ड युवती ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनुभयो नि ?
एउटा कलाकार भएपछि जस्तोसुकै भूमिकामा पनि आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ भन्ने लाग्छ मलाई । म जुनसुकै भूमिका उत्तिकै निभाउन सक्छु । म एक्सन, ड्रामा, लभस्टोरी जस्तोसुकै भूमिकामा पनि आफूलाई पूर्णरूपमा ढाल्न सक्ने क्षमता राख्छु ।
कस्तो अभिनय गर्न मनपर्छ ?
मैले भने जुनुसकै प्रकारको अभिनय गर्न सक्छु भन्ने लाग्छ आफूलाई । कथाले माग्यो भन्दैमा असम्भव सिन दिने होइन मिल्नेसम्म सिन दिन्छु, फेरि नाङ्गिन पर्छ भन्दिन कथाले । मलाई सबै प्रकारको भूमिका मनपर्छ । म एक्स्नहोस् या लभस्टोरी अथवा सामाजिक परिवेसका चलचित्रमा जीवन्त अभियन गर्न सक्छु भन्ने लाग्छ । मैले यसअघि अभिनय गरेका चलचित्रबाट यहाँले मेरो भूमिका बारे थाह पाउन सक्नुहुन्छ ।
एउटा नायिकामा के हुनुपर्छ जस्तो लाग्छ ?
नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी छ । म आफूमा यी सबै गुण भएको पाउँछु । मलाई कथाभित्र भिज्नसक्ने नायिका भनेर पनि भन्नुहुन्छ । आफू पूर्णरूपमा अध्ययन गरेर नै प्रोजेक्ट अघिबढाउने गर्दछु ।
यो क्षेत्रमा लाग्नेको आर्थिक पाटो चाहिँ कस्तो पाउनुहुन्छ ?
हाम्रो चलचित्र क्षेत्रको आयतन हेरेर म आज जसरी नाम र दाम कमाइरहेको छु त्यो अरूबाट सम्भव थिएन । मलाई रुचि भएको क्षेत्रमा भएकाले सन्तुष्ट छु र समकक्षीहरूले इष्र्या गर्ने खालको काम र आयआर्जन गरिरहेकै छु । आफूमा क्षमता हुनुपर्छ । क्षमताले आर्थिक पाटोलाई मजबुत गर्ने हो भन्ने लाग्छ । भएको क्षमता सही ठाउँमा सदुपयोग हुनुप¥यो । होइन र ?
तपाइँ सफल अभिनेत्री हो ?
म यो क्षेत्रमा निरन्तर छु, मेरो अभिनयलाई दर्शकले रुचाइरहनु भएको छ । यही नै मेरो सफलता हो जस्तो लाग्छ । फेरि सफलताको मापन के हो भन्ने कुरा छ । समाज र दर्शकले दिएको सम्मान र माया नै मेरो सफलता हो । यही मायाले छोटो समयमै धेरै चलचित्रमा अभिनय गर्ने अवसर पाएकी छु । दर्शकहरूको मनमा बस्न सकेकी छु । विभिन्न सामाजिक संघसंस्थाको मानवीय कर्ममा संलग्न छु । चलचित्र क्षेत्र प्रवेश गरेदेखि पछाडि फर्केर हेर्नुपर्ने अवस्था नआएको हुँदा यसलाई म सफलभन्दा पनि कामप्रतिको इमानतारीता, निष्ठा र समर्पण हो जस्तो लाग्छ ।
अहिले हाम्रो चलचित्र क्षेत्र कस्तो छ ?
नेपाली चलचित्रलाई हिजोभन्दा धेरै विकसित र परिष्कृत रूपमा देख्छु  । यसको बजार विस्तार भएको छ  । भारतीय त्यो पनि बलिउडका २ सय ४ सय करोड भारुमा बन्ने चलचित्रकै दाँजोमा बढीमा एक–डेढ करोड नेपाली रुपैयाँमा नेपाली चलचित्र बन्ने माहोल बनेको छ  । नेपाली दर्शकले नेपाली चलचित्रलाई पनि भारतीय चलचित्रकै स्तरमा हेर्न पाइरहेका छन्  ।
बलिउडस्तरका नेपाली चलचित्र बन्दाबन्दै व्यापार भने राम्रो नुहुनुको कारण ?
यसका कयौं कारण छन्  । एक त हामीले नेपालीसामु नेपाली चलचित्र पु¥याउन सकेका छैनौं  । धेरै जिल्लामा एउटा पनि सिनेमा घर छैन । दोस्रो, हामी चलचित्र बनाउँछौं तर प्रचारप्रसारमा कञ्जुस्याइँ गर्छौं  । तेस्रो, चलचित्र वितरकहरू एकमत छैनन्, होडबाजीमा छन्, जसले गर्दा राम्रो चलचित्रले हल पाउँदैन, पाए पनि विदेशी या स्वदेशी नै ३–४ वटा एउटै समयमा लन्च गरिन्छ  । चौथो, राम्रो अर्थात् सहमान्यमा चलचित्र कम बन्छन्, हावादारी र सिकारु चलचित्र धेरै बन्छन्, जसले गर्दा राम्रा चलचित्र माथ खान्छन् र व्यापार राम्रो हुँदैन । त्यसैले राम्रो चलचित्र बनाउने, त्यसको राम्रो प्रचार गर्ने र दुईवटा भन्दा बढी चलचित्र एकैपटक नचलाउने गरेमा राम्रो व्यापार हुन्छ  । यस्तो रेकर्ड हामीले देखि–भोगी रहेकै छौं  ।
नेपाली दर्शकले कस्तो चलचित्र बढी मन पराउँछन् ?
नेपाली दर्शक पारिवारिक र प्रेम, वियोग अनि वीर भावका चलचित्र बढी मन पराउँनु हुन्छ भन्ने मेरो अनुभव छ  । किनकि, कुसुमे रुमाल, बलिदान, आफन्त, नाइँ नभन्नू ल, बाटोमुनिको फूल, सुनपानी, कबड्डीजस्ता चलचित्र मन परेरै दोहो¥याइ–तेहे¥याइ हेरेको पाइन्छ  । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाई भएको देखिन्छ  ।

प्रतिक्रिया